सहमति जुटाउन वाम गठबन्धन र फोरमबीच बैठक बस्दै

सहमति जुटाउन वाम गठबन्धन र फोरमबीच बैठक बस्दै


अहिले विहान ९ बजे वाम गठबन्धन र संघीय समाजवादी फोरमका नेताहरु बैठक बस्दैछन । बुधबार सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन नसकेपछि पुनः आज बैठक बस्न लागिएको हो ।

फोरमलाई सरकारमा सहभागी गराउने उद्धेश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित आज पुनः बैठक बस्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

बुधबारको बैठ्क सकरात्मक भएपनि सहमति भने हुन नसकेको भन्दै सहमतिको लागि आज पुनः बैठक बस्न लागिएको एमालेका एक नेताले जानकारी दिए ।