झलनाथले केपीलाई दिए कडा चेतावनी, विद्यालाई रोक्न चौतर्फी प्रयत्न

झलनाथले केपीलाई दिए कडा चेतावनी, विद्यालाई रोक्न चौतर्फी प्रयत्न


राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने सम्भावना बढेपछि एमालेभित्र उहाँलाई राष्ट्रपति बन्न नदिन अनेकौँ चलखेल शुरु भएको छ । यस्तो चलखेलको अगुवाई झलनाथ खनालले गर्नुभएको र उहाँलाई भित्रभित्रै सुवासचन्द्र नेम्वाङको समेत साथ–सहयोग रहेको बुझिएको छ । सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार पूर्वसभामुख सुवास नेम्वाङ आफैँ राष्ट्रपति बन्न इच्छुक हुनुहुन्छ र केपी ओली आफूप्रति सकारात्मक भए पनि विद्या भण्डारी राष्ट्रपति बन्ने स्थितिमा ओलीको समर्थन आफूलाई नरहने ठम्याइ नेम्वाङको छ ।

नेम्वाङको यो ठम्याइ गलत मानिएको पनि छैन । त्यसैले झलनाथ खनाल र माधवकुमार नेपाललगायतका नेताहरूलाई प्रयोग गरी विद्या भण्डारीलाई विस्थापित गर्ने र त्यसपछि केपी ओलीसमेतको समर्थन लिएर राष्ट्रपति बन्ने योजनामा नेम्वाङ रहनुभएको छ । नेम्वाङलाई पश्चिमा इसाई मुलुकहरूको समेत साथ रहेको बताइन्छ । विद्या भण्डारीका क्रियाकलाप सनातनी हिन्दूधर्मसापेक्ष रहने गरेकोले इसाई मुलुक तथा नेपालभित्र क्रियाशील इसाई सङ्घसंस्थाहरू भण्डारीलाई विस्थापित गरी राष्ट्रपति पदमा सुवास नेम्वाङलाई स्थापित गर्न चाहन्छन् । उनीहरू भण्डारीलाई पुनः राष्ट्रपति बन्नबाट रोक्न अनेक ढङ्गले सक्रियता दर्शाउँदै छन् ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि पश्चिमाहरूको इसाराबमोजिम भण्डारीलाई रोक्न सक्रिय भएको पाइएको छ । राणाले आफ्ना पतिलाई सुवास नेम्वाङको पक्षमा उभ्याइसकेको बुझिएको छ । आरजुकै इच्छाबमोजिम देउवाले केपी ओलीसम्म ‘सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाइए काङ्ग्रेसले बेग्लै उम्मेदवार खडा नगर्ने’ सन्देश पठाएका छन् । भण्डारीलाई रोक्न देउवा सपत्नी सक्रिय भएका छन् ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि पश्चिमाहरूको इसाराबमोजिम भण्डारीलाई रोक्न सक्रिय भएको पाइएको छ । राणाले आफ्ना पतिलाई सुवास नेम्वाङको पक्षमा उभ्याइसकेको बुझिएको छ । आरजुकै इच्छाबमोजिम देउवाले केपी ओलीसम्म ‘सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाइए काङ्ग्रेसले बेग्लै उम्मेदवार खडा नगर्ने’ सन्देश पठाएका छन् ।

उता नेकपा एमालेका नेता झलनाथ खनाल पनि आफैँ राष्ट्रपति बन्ने प्रयास गरिरहेका छन् । खनालले केपी ओलीलाई भेटी ‘आफूलाई समर्थन नगरेर राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहो¥याउन खोजे हैसियत देखाइदिने’ चेतावनी दिएका छन् । निकटवर्तीहरूका अनुसार पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार नबनाइए जुनसुकै कदम चाल्ने मानसिकतामा खनाल रहेका छन् । उनी ओलीविरुद्ध खुलेरै मैदानमा उत्रने तयारीमा रहेको बताइन्छ । विद्या भण्डारीलाई पराजित गर्ने आत्मघाती कदम चाल्नसमेत खनाल तयार रहेको सम्बद्ध सूत्रको भनाइ छ ।

माधवकुमार नेपाल पनि राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोऱ्याउने पक्षमा नभएको बताइन्छ । पार्टीका कतिपय नेता र प्रचण्ड स्वयम्ले पनि माधव नेपाललाई राष्ट्रपतिमा आफैँ तयार रहन सुझाएका छन् । नेपाललाई राष्ट्रपति पद दिएर पन्छाउन सकेमा एकीकृत कम्युनिष्ट पार्टीको एकलौटी नेता बन्ने मार्गप्रशस्त हुने विश्वासका साथ प्रचण्डले माधव नेपाललाई उचाल्न थालेका छन् । एकातिर केपी ओली र विद्या भण्डारीसँग प्रचण्डले विद्यालाई नै राष्ट्रपति बनाउने प्रतिबद्धता जाहेर गरिरहेका छन् भने झलनाथलाई उचाल्ने र माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने वचन पनि उनले दिइरहेका छन् । त्यसो त प्रचण्डले सुवास नेम्वाङलाई समेत सहयोग गर्ने वचन दिइरहेका छन् ।

यसरी राष्ट्रपति चयनको विषय वाम गठबन्धनभित्र गम्भीर चलखेल र तनावको विषय बनिरहेको छ । केपी ओलीको जोड चल्यो भने विद्या भण्डारी राष्ट्रपति बन्ने सम्भावना जति छ, इसाईहरू सफल बने भने सुवास नेम्वाङ राष्ट्रपति बन्ने र प्रचण्ड सफल भए भने माधवकुमार नेपाल राष्ट्रपति बनाइने सम्भावना छ । तर, माधव नेपालले अहिलेसम्म राष्ट्रपति बन्ने रुचि देखाएका छैनन् । सहयोगी एवम् शुभचिन्तकहरूको दबाब बढ्दै गयो भने नेपाल राष्ट्रपति बन्न तयार हुने विश्वास गरिएको छ ।