बालुवाटारमा बसेको वाम गठबन्धन र संघीय समाजवादी फोरमको वार्ता बिहीबार पनि विना निष्कर्ष टुंगिएको छ । उनिहरु बीच मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि सहमति हुन नसकेको हो ।
वालुवाटार स्रोतका अनुसार फोरमले तीन वटा मन्त्रालय मागेको र वामगठबन्धनले २ वटासम्म दिन सकिने बताएपछि सहमति हुन नसकेको हो । एक नेताका अनुसार फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने भनिएपनि यसमा फोरम नमानेको हो ।
फोरमसँग मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि आज नै एमाले, माओवादी र फोराबीच सहमति खोज्ने प्रयास असफल भएको छ । बैठ्कमा सहभागी एक नेताका अनुसार संविधान संशोधनमा भने तीन दलबीच सहमति जुटेको छ ।
प्रतिक्रिया