राजविराज । प्रदेश नम्बर २ का कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुले विहिबार गृहजिल्लामा स्वागत गरेका छन् ।
मन्त्री पदको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृह जिल्ला सप्तरी आएका मन्त्री साहलाई शम्भुनाथ ट्राफिक र मलेठ चोकमा कार्यकर्ताहरुले फूलमाला र अबिर लगाएर स्वागत गरेका हुन् ।
मन्त्री साहको स्वागतका लासग शम्भुनाथको ट्राफिक चौकमा संघीय समाजवादी फोरम नेपाल सप्तरीका उपाध्यक्ष कन्तलाल चौधरी र सह सचिव बृजमान तामाङ नेतृत्वमा शम्भुनाथ नगरपालिका अन्तर्गतका मधेस गठबन्धन फोरम नेपाल र राजपा नेपालका जिल्ला तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मन्त्री साहले मलेठ घटनाका सहिदहरुको प्रतिमामा माल्यार्पण समेत गरे । सहिद समाधिस्थल पुगेका मन्त्री साहलाई राजबिराज नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शम्भुकुमार यादव (लाली) सहितका स्थानियवासीले स्वागत तथा सम्मान गरेका थिए । यसपुर्वमन्त्री साहले सिरहाको लाहानमा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको प्रतिमामा माल्यार्पण गरेका थिए ।
– हेमशंकर सिंह
प्रतिक्रिया