नेपाली कांग्रेसको संसदीय दको नेताका लागि सो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाले कांग्रेस नेता बालकृष्ण खाणलाई वारेस बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । आफु व्यस्त रहेकाले आफ्ना विश्वासपात्र खाणमार्फत् देउवाले उम्मेदवारी दर्ता गराएका बुझिएको छ ।
देउवाको प्रस्तावकमा विजय गच्छदार र समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् । यसैगरी देउवाका विरुद्ध नेता प्रकाशमान सिंहले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।
यसअघि नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आजै मतदाता नामावली प्रकाशन भएको थियो । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसदको नाम मतदाता नामावलीमा छ ।
भोली सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ । सोमबार बिहान १० देखि दिनको १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने बताइएको छ । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ ।
प्रतिक्रिया