नेपालमा वाम गठबन्धनको बहुमतपछि उसकै नेतृत्वमा सरकार गठन भएको छ। बाम गठबन्धनको सरकार निर्माणप्रति अन्तर्राष्ट्रिय चासो पनि निकै बढेको पाइएको छ । विभिन्न मुलुकहबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना तथा बधाई दिने क्रम पनि जारी नै देखिन्छ ।
यसैबेला आकस्मिक किसमबाट पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी आज नेपाल आउँदैछन् । उनको यो नेपाल भ्रमणले विभिन्न शंका-उपशंका उब्जाएको छ ।
पाकिस्तानी दुतावासले गत शुक्रबार प्रधानमन्त्री शाहीद खाकान अब्बासको दुईदिने नेपाल भ्रमण बारे नेपाल सरकारलाई जानकारी गराउँदै भ्रमण केवल नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिने र दुई देशबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने जनाएको थियो ।
भारतका कट्टर विरोधि छवि बनाएका अब्बास पाकिस्तानलाई अमेरिकाबाट छुटाएर चीनको पछि लगाउने पात्रका रुपमा समेत चिनिएका छन् । पाकिस्तान र भारतबीचको सम्बन्ध निकै चिसो रहेको परिवेशमा पाकिस्तानी प्रधानमन्त्री अब्बासको नेपाल भ्रमण भारतलाई चिढ्याउँदै नेपालसँग सम्बन्ध बढाउने रणनीति हुन सक्छ भन्नेबारे चर्चा-परिचर्चा शुरु भएको छ । नेपालमा भारतीय दबदबा रहेको महसुस गर्दै आएको चीनले नेपाल सरकारलाई थप आफ्नो पक्षमा तान्नका लागि पाकिस्तानी कार्डको प्रयोग गरेको हुन सक्ने बुझाई पनि धेरैको रहेको छ । यथार्थ के हो भन्ने सम्बन्धमा व्यख्या विष्लेषण त हुँदै गर्ला, तर नयाँ सरकारले पहिलो विदेशी पाहुनाको स्वागत खुला हृदयले गर्नुपर्ने परराष्ट्रविद्हरुको धारणा छ ।
प्रतिक्रिया