कांग्रेस संसदीय दलका नेतामा देउवा विजयी

कांग्रेस संसदीय दलका नेतामा देउवा विजयी


नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आज भएको मतदानको परिणाम आएको छ । पूर्वअनुमानअनुरुप दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा विजयी बनेका छन् ।

देउवालाई कांग्रेस सांसदहरुको चवालिस मत हासिल भएको छ भने पौडेल समूहबाट उम्मेदवारी दिएका प्रकाशमान सिंहलाई उन्नाइस मत प्राप्त भएको छ ।