फोरमको साथले सरकार सशक्त हुने

फोरमको साथले सरकार सशक्त हुने


वामगठबन्धन सरकारलाई प्रचण्ड बहुमतयुक्त तुल्याउन लागिपरेका प्रधानमन्त्री केपी ओलीलाई सो कार्यमा सफलता मिलेको छ । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रधानमन्त्री ओलीलाई यस्तो अवसर जुर्ने निश्चित भएको हो ।

फोरमको आज बसेको बैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको थियो । सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जनाएअनुसार संविधान संशोधनमा सरकार सकारात्मक भएको आधारमा लामो समयदेखि संविधान संशोधनका लागि गरेको सडक संघर्षको परिणामस्वरुप अहिले वैचारिक रुपमा फोरमले राजनीतिक सफलता प्राप्त गरेको छ ।

सरकारमा जाने निर्णय गरे पनि सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको बाँडफाँडका विषयमा भने एमाले र माओवादीसँग छलफल गर्न बाँकी रहेको श्रेष्ठले बताए । सो दलको प्रतिनिधिसभामा १७ जना सांसद रहेका छन् ।