कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार बिहान बस्ने भएको छ । अहिले विहान ९ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक तय गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइए पनि मूलतः राष्ट्रपतिमा पार्टीका तर्फबाट उम्मेदवार प्रस्तुत गर्ने या नगर्ने भन्नेबारे निर्णय लिइने बुझिएको छ । एमालेले विद्या भण्डारीलाई नै दोहोऱ्याउने निर्णय लिएको परिवेशमा पुनः विद्यादेवी भण्डारी नै मुलुकको राष्ट्रपति बन्ने निश्चित भएको छ । तर, वाम गठबन्धनको उम्मेदवारलाई निर्विरोध हुन दिने कि प्रतिष्पर्धामा सहभागी भएको देखाउन पार्टीका तर्फबाट पनि उम्मेदवारी दिने भन्नेमा कांग्रेस दुविधामा छ । कांग्रेसले बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी एवम् सदस्यलाई आमन्त्रण गरेको छ ।