संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी दर्ता

संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी दर्ता


आज संघीय संसदको सभामुखका लागि उम्मेदवारी मनोनयन दर्ता गरिनेछ । शनिबार हुने भनिएको सभामुखको निर्बाचनको लागि अहिले विहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता गरिने भएको हो ।

अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनय दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने र मतदान प्रक्रिया भोलि १ बजेदेखि शुरु हुने उल्लेख गरिएको छ ।

अहिलेसम्म कस्ले उम्मेदवारी दिने भन्ने विषयमा दलहरुबीच सहमति भइसकेको छैन् सभामुख पदको लागि उम्मेदवारी दर्ताको समय नजिकिए पनि दलहरुले अझै उम्मेदवारीका विषयमा छलफलमा जुटिरहेका छन् । सभामुखका लागि वाम गठबन्धनको तर्फबाट माओवादीका कृष्णबहादुर महराको नाम अगाडि आएपनि निर्णय भने भइनसकेको माओवादीका एक नेताले बताए । उनका अनुसार पार्टिभित्र त्यसै विषयलाई लिएर छलफल भइरहेको छ । आकांक्षी बढि भएका कारण सहमति जुट्न सकेको छैन् ।

उता, नेपाली कांग्रेसले पनि सभामुखको लागि आफ्नो उम्मेदवारबारे अहिलेसम्म कुनै टुंगो लगाउन सकेको छैन् । संसदमा एमाले–माओवादीको बहुमत रहेकाले वाम गठबन्धनकै उम्मेदवार निर्वाचित हुने पक्का छ । यसकारण पनि कांग्रेसले उम्मेदवार छान्नमा ढिलाई गरेको बुझिएको छ ।

प्रतिनिधिसभाको कुल २७५ सदस्य रहेका छन् । १३८ मत ल्याउनेले सभामुख पदमा निर्बाचित हुनेछ । यसकारण एमाले माओवादीको बहुमत भएकोले १३८ मत ल्याउन समस्या नभएको एमालेका एक नेताले जानकारी दिए ।