सभामुखमा महरा निर्विरोध

सभामुखमा महरा निर्विरोध


प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध छानिएका छन् । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध छानिएका संघीय संसद् सचिवालयले जनाएको छ । महरा सभामुख निर्वाचित भएको औपचारिक घोषणा भोली शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिने बताइएको छ ।

नेकपा (एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महराले आज निर्धारित निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाहिँ प्रतिनिधिसभाको सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित सभामुख पदमा उम्मेदवारी नदिएको जनाएको छ ।

तस्बिर रासस