नेपाली विद्यार्थीले सिङ्गापुरमा जिते ‘हाई डिस्टिङसन अवार्ड’

नेपाली विद्यार्थीले सिङ्गापुरमा जिते ‘हाई डिस्टिङसन अवार्ड’


सेन्मो एजुकेशन सेन्टर र बुद्धज् लाइट एशोसिएनको आयोजनामा सिंगापुरस्थित पुङ्गोल पेल्समा अन्तर्राष्ट्रिय एवाकस तथा मेन्टल अर्थमेटिक्स प्रतियोगिता हालै सम्पन्न भएको छ ।

फागुन २६ गते शनिबार आयोजना भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रज्ज्वल डंगोल र रिवाजमान कर्माचार्यले सेन्मोमा सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी दुवैले उत्कृष्ट प्रतिभा देखाउँदै ‘हाई डिस्टिङसन अवार्ड’ जित्न सफल भएका हुन् ।

प्रशिक्षक तथा कार्यकारी सञ्चालक प्रमिला प्रजापति र प्रिन्सिपल सरण तुलाधरको सहयोगमा चाँदबाग स्कुलका कक्षा ४ मा अध्ययनरत विद्यार्थी रिवाजमान कर्माचार्य र मैत्री स्कूलको कक्षा ६ मा अध्ययनरत विद्यार्थी प्रज्ज्वल डंगोलले प्रतियोगितामा नेपालको तर्फबाट पहिलोपटक सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपाल लगायत अमेरिका, हङकंग, चाइना, मलेसिया, सिङ्गापुरका गरि २ सय ४५ विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा हाई डिस्टिङसन, डिस्टिङसन र क्रेडिट गरी विद्यार्थीहरूको तह निर्धारण गर्ने गरिन्छ । नेपालको तर्फबाट भाग लिएका दुवै विद्यार्थीहरुले सेन्मो अन्तर्राष्ट्रिय एवाकस तथा मेन्टल अर्थमेटिक्स् टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गर्दै हाई डिस्टिङसन प्राप्त गर्न सफल भएका थिए ।

मानसिक रुपमा दिमागलाई तिक्ष्ण बनाउने र कार्यप्रति एकाग्र कायम हुन सिकाउने एवाकस तथा मेन्टल अर्थमेटिक्स्को प्रयोगले सहयोग गर्दछ । विद्यार्थीहरुमा यसको प्रयोगले मानसिक रुपमा आफ्नो दिमागलाई तिक्ष्ण बनाउने साथै कार्यप्रति एकाग्रता गर्न यसको हाल विश्वव्यापी प्रयोग बढ्न थालेको छ ।