पूर्बाधार अभावमा विद्यार्थीहरु भर्‍याङमुनि पढ्न बाध्य

पूर्बाधार अभावमा विद्यार्थीहरु भर्‍याङमुनि पढ्न बाध्य


म्याग्दीको रघुगंगा गाउापालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्‍याङमुनि राखेर पढाउने गरिएको छ ।

विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाा छकोठे पक्की भवन बनाइए पनि कार्यालय र पठनपाठन सञ्चालनका लागि दुईवटा कोठाको अभाव भएको हो । कोठा अभावका कारण कक्षा ४ का विद्यार्थीलाई नयाा भवनको पहिलो तलाको भर्‍याङमुनि राखेर पठाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक युकुमार गर्बुजाले बताए ।

उक्त कक्षामा २० जना विद्यार्थी छन् । भर्‍याङमुनि बसेर पढ्दा चिसोमा जाडो हुने, गर्मीमा घामले पोल्ने र पानी पर्दा बाछिटाले रुझाएर असजिलो हुनेगरेको विद्यार्थीले गुनासो गरेका छन् । प्रअ गर्बुजाका अनुसार स्रोतकेन्ऽको कार्यालयलाई विद्यालयको प्रशासनिक र शिक्षक कर्मचारीको कक्षका रुपमा प्रयोग गरिएको छ ।

उक्त विद्यालयमा हालै जिल्ला शिक्षा कार्यालयको रु ४८ लाख र विद्यालयको २२ लाख रुपैयााको लागतमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो । २०७२ सालको भूकम्पका कारण पुरानो आठकोठे भवन जीर्ण बनेपछि पुन:निर्माण गरिएको हो ।

उक्त विद्यालयमा रहेका दुईदुई कोठे दुईवटा ब्लक भवनमध्ये एउटामा छात्रावास र अर्कोमा कार्यालय तथा स्टोर सञ्चालन गरिएको छ । राससका अनुसार पुरानो चारकोठे र नयाा छ कोठे भवनमा बालकक्षादेखि कक्षा दशसम्मका विद्यार्थीका लागि ११ वटा कोठा आवश्यक रहेको छ ।

नयाा भवनका दुईवटा कोठा कम्प्युटर ल्याब र पुस्तकालयका लागि प्रयोग भएको छ । नयाा भवनमा तला र चारवटा कोठा थप गर्न पहल गरिएको प्रअ गर्बुजाले बताए । उक्त विद्यालयमा २९३ जना विद्यार्थी अध्ययनरत छन् ।