बाटो नाप्ने क्रममा इञ्जिनियरसहित २ को मृत्यु

बाटो नाप्ने क्रममा इञ्जिनियरसहित २ को मृत्यु


रामेछापमा बुधबार साँझ बाटो नाप्ने क्रममा माटोका ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा लिखु हाइड्रोपावर र स्थानीयको लगानीमा खनिएको शिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका हुन् ।

रामेछाप प्रहरीका अनुसार माटोको ढिस्कोले पुरिएर मृत्यु हुनेमा सर्लाहीस्थित मलङ्गवा नगरपालिका घर भएका २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका ११ का २५ वर्षीय राजु दुलाल रहेका छन् ।

स्थानिय र प्रहरीको सहयोगमा उनिहरुलाई पहिरोबाट बाहिर निकालिएको थियो ।