असल अभिभावकीय कलाबारे प्रशिक्षण

असल अभिभावकीय कलाबारे प्रशिक्षण


– मुक्तिनाथ भुसाल

आजका बालबालिका भविष्यका कर्णधार हुन्, तिनलाई असल संस्कार दिनका लागि अभिभावकले निकै सावधानी र गम्भीरता अपनाउनुपर्छ, विद्यालयमा चर्को शुल्क बुझाएर मात्रै अभिभावकको कर्तव्य पूरा हुन सक्दैन । यो व्यवहारिक र यथार्थ पाटो हो र यही आदर्श अँगालेको पाइएको छ गौरीशंकर इङ्लिस बोर्डिङ (अर्घाखाँची)ले ।

२०५७ सालमा अर्घाखाँचीको ढिकुरामा स्थापना भई २०६० मा जिल्ला सदरमुकाम सन्धिखर्कमा स्थानान्तरण गरिएको गौरीशंकर बोर्डिङले द्रव्यआर्जनलाई खासै प्राथमिकतामा नराखी शिक्षा क्षेत्रमा केही गर्नु पर्दछ भन्ने मान्यतामा दृढ रहेको सन्देश दिएको छ । सन्धिखर्क निवासी गणेश क्षेत्रीको प्रयास तथा योगदान र आरम्भदेखिकै प्रिन्सीपलसमेत रहेका उनले हाल करिव नौ सय विद्यार्थीलाई स्तरीय शिक्षा र संस्कार उपलब्ध गराएर सबैको मन जित्न सफल बनेका छन् ।

सामुदायिकतर्फ जनज्योति मावि चुत्राबेसीले जसरी आफ्नो छवी उज्ज्वल बनाउन सफल बनेको छ, सोहीअनुसार निजीतर्फ गौरीशंकरले पनि आफुलाई समयानुकुल परिवर्तन गर्दै जिल्लामा एक उत्कृष्ट विखलयका रुपमा उभ्याउने सफलता हासिल गरेको छ ।

मन्टेश्वरी विद्यालय सञ्चालनका लागि आवश्यक तयारीमा जुटेको यो विद्यालयले अभिभावकबाट शुल्क लिएर मात्रै शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याउने आफ्नो लक्ष्य पूरा नहुने धारणा बनाएको प्रिन्सिपल क्षेत्रीको बताउँछन् । उनका अनुसार बालबालिकालाई सम्पत्ति होइन संस्कार दिनपर्छ र यी सबै कार्य पूरा गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचमा सुमधुर सम्बन्ध हुनुपर्छ ।

विद्यार्थीका लागि हेरचाह, प्रशिक्षक, सल्लाहकार र परामर्शदाताको चरणमध्ये कुन चरण अभिभावकले पालना गर्दछन् भन्ने कुरा आफ्नो विद्यालयको भविष्यसँग जोडिएको तर्क गर्दै प्रिन्सिपल क्षेत्रीले बुधबार आफ्ना अभिभावकहरुको भेला आयोजना गरी विशेष परामर्श एवम प्रशिक्षण वा तालिम पनि दिए । कुशल प्रस्तोता सिआईजीका कोषाध्यक्ष शिव बेल्वासेको उदघोषणमा सञ्चालन भएको सो कार्यक्रममा उपेन्द्र अधिकारीले करिव तीन घन्टा बालबालिकाका लागि अभिभावकहरुले ख्याल राख्नुपर्ने विषयवस्तुलाई सरल भाषामा प्रस्तुति एवम् सहजीकरण गर्नुभएको थियो ।