उपसभामुखका लागि कांग्रेसबाट पुष्पा उम्मेदवार

उपसभामुखका लागि कांग्रेसबाट पुष्पा उम्मेदवार


प्रतिनिधिसभाको उपसभामुखको भोली हुने निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रखर वक्ता पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखको निर्वाचनमा कुनै उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई प्रतिष्पर्धामा उतार्ने निर्णय गरेको हो । कांग्रेसको आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको पार्टी कार्यालयले जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिएका छन् । उपसभामुखको निर्वाचनका लागि आज ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा ९माओवादी केन्द्र०का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ ।