‘गुट अन्त्य गराउन’ कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन !

‘गुट अन्त्य गराउन’ कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन !


नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाइएको छ । यही चैत ७ गतेदेखि ९ गतेसम्म नुवाकोट र रसुवामा संयुक्त रुपमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको आवश्यक तयारी पूरा भएकाले केही आन्तरिक व्यवस्थापनको काम मात्र बाँकी रहेको कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक एवं काठमाडौँ कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिएका छन् ।

पुडासैनीका अनुसार कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट र कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका पदाधिकारीको संयुक्त बैठकले भेला तयारीको लागी विभिन्न समिति गठन तथा कार्य जिम्मेवारी प्रदान गरी तयारी तीव्र बनाइएको छ ।कांग्रेस जिल्लाका कोषलाई पारदर्शी, समृद्धि, सुदृढ र जवाफदेही बनाउन भेला केन्द्रित हुने बताइन्छ । पछिल्ला निर्वाचनले पार्टी कमजोर भइरहेको समयमा हुन लागेको भेलाले पार्टी बलियो बनाउन सहयोग पुग्ने दाबी गरिउको छ ।

सम्मेलनअन्तर्गत कांग्रेस नुवाकोटको पार्टी कार्यालय विदुरमा चैत ७ गते पार्टीको केन्द्रीय नेता सम्मिलित उद्घाटन समारोह र ८ गते बन्दसत्रसहित प्रशिक्षण तथा ९ गते रसुवाको स्याफ्रुबेँसीमा भेलाको समीक्षा बैठकसहित पत्रकार सम्मेलन हुने रसुवा कोषाध्यक्ष पदम न्यौपानेले बताए । सम्मेलनमार्फत वर्तमान सन्दर्भमा कांग्रेसको कमजोर अवस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा हुने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । उद्घाटन समारोहमा शीर्ष नेताहरु एकै स्थानमा भेला हुने हुँदा त्यसबाट पार्टी एक भएको सन्देश प्रवाहित हुने कांग्रेस नेताहरुको ठहर छ ।