नेकपाका केन्द्रिय नेतासहित ६ जना धनकुटामा गिरफ्तार

नेकपाका केन्द्रिय नेतासहित ६ जना धनकुटामा गिरफ्तार


नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) का केन्द्रिय सदस्य किरण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी उपनाम निशान रहेका राईसँगै अन्य पाँच नेता-कार्यकर्ता पनि पक्राउ परेका छन् । राईसँगै समूल, दिब्य, कमला, आकाश र नवराज गिरफ्तारीमा परेका हुन् ।

हिजो सोमबार रातको समयमा उनीहरु हिले (धनकुटां)बाट पक्राउ परेका हुन् । राती नै उनीहरुलाई धनकुटाको सदरमुकामतर्फ लगिएको बुझिएको छ ।

अनेकोट हत्याकाण्ड (काभ्रे)को स्मृतिमा सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न गरी उनीहरु सामान्य छलफलका साथ बेलुकाको खाना खाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ । रातको पौने दश बजे प्रहरीले आफ्ना नेता-कार्यकर्तालाई खाना खाइरहेको अवस्थामा धरपकड गरेको सो पार्टीले जनाएको छ ।

नेकपाले धनकुटा सिडिओको निर्देशनमा उक्त गिरफ्तारी गरिएको दाबी गरेको छ । गिरफ्तारीको भत्र्सना गर्दै सो पार्टीले तत्काल रिहाईको माग गरेको छ ।

हेर्नुहोस् नेकपाको प्रेस विज्ञप्ति-