मिसन टोलीले बुझायो निर्वाचन प्रतिवेदन

मिसन टोलीले बुझायो निर्वाचन प्रतिवेदन


युुरोपेली संघ निर्वाचन पर्यवेक्षण मिसनको टोलीले निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएको छ । टोलीले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएको हो ।

निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपेली संसद् सदस्य जेलजना जोभ्को नेतृत्वको टोलीले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको निष्कर्ष टोलीले निकालेको छ ।

सो अवसरमा निर्वाचन आयोगले सार्वजनिक विश्वास हासिल गरि आफ्नो काम र कर्तब्य निष्पक्ष रुपमा गरे पनि आयोगको काममा भने पारदर्शिताको अभाव भएको जानकारी दिइएको थियो । प्रतिवेदनमा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुलाई आयोगले सामान्य रुपमा लिएको समेत उल्लेख गरिएको छ । पर्यवेक्षण मिसनका प्रमुख जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै निर्वाचनको समग्र अनुगमन गरि २९ बुँदे सुझाव पेश गरिएको जानकारी दिनुभयो ।