प्रमुख निर्वाचन आयुक्तको घरमा बम विष्फोट

प्रमुख निर्वाचन आयुक्तको घरमा बम विष्फोट


प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवको निवासमा बम विष्फोट भएको छ । ललितपुर हात्तिबनपछिाडि रहेको यादवको घरमा अहिले केहीबेरअघि विष्फोट भएको हो ।

विष्फोटबाट आयोधिको घरका झ्यालका शिशा फुटेका छन् भने पर्खालमा सामान्य क्षति भएको बुझिएको छ । माओवादी प्रचण्डको हालको निवास क्षेत्रमै घटाइएको विष्फोटको घटनालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

विष्फोट कसले गराएको भन्नेबारे कुनै जानकारी मिलेको छैन । प्रहरीले अनुसन्धान शुरु गरेको छ ।