हत्यारालाई सघाउने माओवादी केन्द्रका नेता परे कारवाहीमा

हत्यारालाई सघाउने माओवादी केन्द्रका नेता परे कारवाहीमा


निर्माण व्यवसायीको हत्या गराएको अभियोग लागेका तथा प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका नेताहरु पार्टीकारवाहीमा परेका छन् । सो पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र रुपन्देही जिल्ला सदस्य तुल्सी न्यौपानेलाई कारवाही गरिएको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विज्ञप्तिमार्फत विहिबार दिएको जानकारी अनुसार उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको छ । यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।