शिक्षा मन्त्रीको हुंकारः स्वागतमा विद्यार्थी राख्न पाइदैन्

शिक्षा मन्त्रीको हुंकारः स्वागतमा विद्यार्थी राख्न पाइदैन्


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतका नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउनेजस्ता संस्कारहरु नगराउन निर्देशन दिएका छन् ।

मन्त्री पोखरेल बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न-नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलमार्फत निर्देशन दिएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।