नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले बिहीबार उपसभापतिमा दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आ–आफूले उपसभापति पाउनुपर्ने माग गरेका छन् । बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएकोले कुनैपनि हालतमा नछाड्ने बताएका छन् ।
गच्छदारअघि धारणा राखेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ ।
प्रतिक्रिया