रमेश बिक, गुल्मी
नेपाली कांग्रेस गुल्मीले ५० दिने महाअभियान सञ्चालन गरिरहेको छ । यस अभियानअन्तर्गत जिल्लाका वडा वडामा कांग्रेस कार्यकर्ताहरु पुगेर स्थानीय जनतासँग घुलमेल गरी त्यहाँको आवश्यकताअनुसार सक्दो योगदान गर्ने, सामाजिक कार्यहरुमा सरिक हुने कार्य भइरहेको छ । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि नै यो अभियान सुरु गरिएको हो गुल्मी कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस गुल्मीको “गाउँ जाउँ गाउँमै रमाउँ” भन्ने आह्वानसहितको ५० दिने महाअभियानअन्तर्गत हिजो विहिबार जिल्लाभर भव्यताका साथ विशेष भेला सम्पन्न भएको जनाइएको छ । यसैगरी जिल्ला सदरमुकामस्थित रेसुङ्गा नगरपालिका वडा नं. २ को पनि विशेष भेला सम्पन्न सम्पन्न भएको छ ।
नेपाली कांग्रेस १ नम्बर वडाका सभापति केशव पाण्डेको सभापतित्व रहेको भेलामा गुल्मीका कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, शालिक पन्थी, शशि पन्थी का साथै ५० दिने महअभियानका जिल्ला प्रतिनिधि हरिकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
नेत्र पन्थीले सञ्चालन गरेको सो कार्यक्रममा २००७ साल चैत्र २६ गते नेपाली कांग्रेसका तत्कालीन केन्द्रिय सभापति मातृकाप्रसाद कोइरालाबाट सदस्यता लिएका रेसुङ्गा नगरपालिका वडा नं. १ निवासी मथुराप्रसाद श्रेष्ठलाई क्रियाशील सदस्यता हस्तान्तरण गरिएको थियो ।
उक्त विशेष भेलाको उदघाटन समारोहमा तत्कालिन समयमा लिएको क्रियाशील सदस्यता प्रमाण पत्र सार्वजनिक गरियो भने त्यसै भेलामा रेसुङ्गा नगपरपालिका वडा नं. १ का झण्डै १५० जनालाई क्रियाशिलता सदस्य परिचय पत्र समेत वितरण गरिएको थियो ।
नेपाली कांग्रेस गुल्मीको सङ्गठन विस्तार, सुदृढीकरण एवम् सशक्तिकरणका लागि “जनतासंग नेपाली कांग्रेस” भन्ने मूल मान्यताका आधारमा पार्टीका गाउँ तहदेखि जिल्ला तहका कार्यकर्ताहरुलाई सिद्धान्त, नीति र विचारमा प्रशिक्षित गर्दै जनताको घरदैलोमा नेपाली कांग्रेसलाई थप उर्जाशील बनाउने प्रमुख लक्ष्य रहेको प्रमुख अतिथि एवम् जिल्ला सभापति भुवन श्रेष्ठले बताए ।
५० दिवसीय महाअभियानका साथ गाउँमा रहँदा सामान्य जीवनस्तर भएका जनताहरुको दैनिकीसँग आफुहरु साक्षात्कार हुने अवसर मिल्ने सभापति श्रेष्ठले बताए । विगतका कमी-कमजोरीलाई सच्चाउँदै आगामी दिनमा एकढिक्का भएर पार्टीलाई अगाडी बढाउने प्रणसमेत उनले गरे ।
अधिकारप्राप्तिको सन्दर्भमा कांग्रेस अब्बल सावित भएको दाबी गर्दै उनले अभियानका क्रममा ९३ वटै वडामा खटिएका प्रतिनिधिहरु गाउँमा रहँदा विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुने विश्वास व्यक्त गरे । भेलामा नेपाली कांग्रेसका जिल्ला स्थित नेता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै ५० दिने महाअभियानको विशेष भेला मदाने गाउँपालिका वडा नंं. २ बाँझकटेरीमा पनि सम्पन्न भएको छ । भेलामा नेपाली कांग्रेस बाँझकटेरीका सभापति फर्सुराम भुसालको सभापतित्व रहेको थियो भने महाअभियानमा खटिएका प्रतिनिधि लोकप्रसाद खरेलको प्रमुख आतिथ्यता, कृष्ण खरेल, मोतिबहादुर केसी, लक्ष्मण खत्री, मिनबहादुर कुावर, जितबहादुर भाँक्री मगर र नेपाली कांग्रेस बाँझकटेरीका पूर्वउपसभापति भुवनप्रसाद भुसालको विशेष आतिथ्यता रहेको थियो । कृष्णप्रसाद भुसालको स्वागत मन्तव्य रहेको सो भेलाको सञ्चालन प्रेमप्रसाद भुसालले गरेका गिथए ।
सोही भेलाबाट नेपाली कांग्रेसका भातृ सङ्गठनहरु नेपाल महिला संघ, नेपाल आदिवाशी जनजाती संघ, लोकतान्त्रिक अपाङ्ग संघको पनि गठन गरिएको छ । नेपाल महिला संघमा द्रुपदा घर्ति मगरको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरिएको बताइएको छ । त्यस्तै, मीनबहादुर कुँवरको अध्यक्षतामा नेपाल आदिवाशी जनजाती संघको ११ सदस्यीय वडा समिति र शोभबहादुर घर्ति मगरको सभापतित्वमा लोकतान्त्रिक अपाङ्ग संघको ७ सदस्यीय वडा समिति गठन गरिएको छ ।

प्रतिक्रिया