काँग्रेस बैठक बस्दै, आज बैठक समापन गर्ने

काँग्रेस बैठक बस्दै, आज बैठक समापन गर्ने


अहिले नेपाली काँग्रेसको बैठक बसिरहेको छ । बिहीबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुन बैठक बसेको हो ।

महत्वपूर्ण निर्णय लिन शनिबार पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यका अनौपचारिक बैठक बसेको थियो । बैठकमा भएको छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो ।

अहिले बिहान ९ बजेदेखि बसेको बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि छलफल भई पारित हुने बुझिएको छ । साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिइ गत चैत ९ गतेदेखि जारी बैठक समापन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।