त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसको छाया सरकार

त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसको छाया सरकार


डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसको छाया सरकार गठन गरिएको छ । कांग्रेसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छाया सरकार गठन गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छाया सरकार गठन गरिएको छ भने छाया सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको नेपाली कांग्रेस डोल्पाले जानकारी दिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारले राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्नका लागि छाया सरकार खडा गरिएको सम्बद्ध पक्षको भनाई छ ।

अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छाया सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले बताएका छन् ।