आत्मघाती विष्फोटका कारण थर्कियो नाइजेरिया

आत्मघाती विष्फोटका कारण थर्कियो नाइजेरिया


नाइजेरियाको उत्तर–पूवी क्षेत्रमा रहेको एक मस्जिदमा भएको दुई आत्मघाती विष्फोटमा परेर ६० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । दुवै आत्मघाती आक्रमणमा आतंककारी संगठन बोको हरामको हात रहेको आशंका गरिएको छ ।

यो दर्दनाक आक्रमण यस्तो बेला गरिएको छ जब गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामी आतंकवादीविरुद्धका अभियानमा थप सहयोग गर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त विष्फोट नाइजेरियाको एडमावा प्रान्तको राजधानी योलाभन्दा २०० किमि पर स्थानीय समयअनुसार दिउँसो एक बजेपछि गराइएको एजेन्सीहरुले जनाएका छन् ।