भारतबाट आएका थप दुईमा कोरोना सङ्क्रमण फेला

नेपालमा थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् । मन्त्रालयमा सोमबार (१ वैशाख) आयोजित पत्रकार सम्मेलनमा उनले सोबारे जानकारी दिँदै यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको बताए । नयाँ फेला परेका…