सफाइ मजदुरलाई मोदीद्वारा २१ लाख भारतीय रुपैयाँ सहयोग

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाइ मजदुरका लागि व्यक्तिगत रूपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । उनले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको नाममा आफ्नो व्यक्तिगत खाताबाट २१ लाख रुपैयाँ सहयोग गरेका छन् । कुम्भ क्षेत्रमा सरसफाइ गर्न खटिएका कर्मचारीको कल्याण र सहयोगका लागि उनले दिएको रकम प्रयोग हुने अधिकारीले बताएका छन् ।…