महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

महाशिवरात्रिका अवसरमा सोमबार दिउँसो २ बजेसम्म तीन लाखभन्दा बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको संख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भिड लागेको पशुपति क्षेत्र विकास कोषका…