चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले…