‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

photo: rss कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । 'जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका…