म्याग्दीका ६७ किसान सम्मानित

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ६७ जना किसानलाई सम्मान गरेको छ । छैटौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत् कृषि प्रदर्शनी मेलामा खाद्य, तरकारी, फलफूल, दलहन–तेलहन,माछा–हाँस, अन्न र विविध गरी सातवटा समूहका ६७ जना किसानलाई सोमबार सम्मान गरिएको हो । प्रदर्शनीमा काउलीतर्फ…