खोटाङ हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका छोरा दूधकोशीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका १४ वर्षीय किरण राई बिहीबार अपराह्नदेखि बेपत्ता भएका हुन् । बताइएअनुसार घरनजिकै पर्ने दूधकोशीस्थित जोर्तीघाटमा माछा मार्न गएका समयमा कोशी तर्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । ट्युबमा चढेर कोसी तर्दै गरेका किरण बीचमा पुगेर…