अर्थ मन्त्रालयबाट केही समयअगाडि आर्थिक मितव्ययिता निर्देशिका २०६८ जारी गरी लागूसमेत गरिसकिएको छ । आर्थिक मितव्ययिता अपनाई जनताले तिरेको करलाई सही र उपयोगी ढङ्गबाट प्रयोग गर्नु प्रजातान्त्रिक परिपाटी मान्नुपर्छ । आर्थिक मितव्ययिता र अनैतिक चरित्र एकआपसमा सम्बन्ध रहने कुरा हुन् । नेपालका निजामती कर्मचारी प्रशासनमा कतिपय कर्मचारीमा नैतिकता र इमानदारीको अभाव रहेको कुरा बेलाबेलामा चर्चामा…