सेवा-सुविधा पुन: सुचारु गराउन कटहरियावासीको ज्ञापनपत्र

आरके श्रीवास्तव, रौतहट रौतहटको कटहरिया नगरपालिकामा यसअघिको स्थानीय सरकारले दिँदै आएको सेवासुविधा पुन: सुचारु गराउन ज्ञापनपत्र बुझाइएको छ । सो नगरपालिकाका चार जना वडाअध्यक्षहरुले आइतबार संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । कटहरिया नगरपालिकाको वडा नम्बर ४ का वडाअध्यक्ष चन्दन कुशवाहा, वडा नम्बर २ का वडाअध्यक्ष हरिन्द्र साह कलवार, वडा नम्बर ३ का वडाअध्यक्ष श्यामाकान्त प्रसाद…