नवलपुरमा ७६ जनाको उम्मेदवारी दर्ता, २१ जनाको स्वतन्त्र उम्मेदवारी

आरपी उपाध्याय, नवलपुर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपुर जिल्लामा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमध्ये २१ जनाले स्वतन्त्ररुपमा उम्मेदवारी दिएको जानकारीमा आएको छ । दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुर जिल्लामा जम्मा ५ जना महिलाहरुले उम्मेदवारी दर्ता…