होटलको कोठामा जलेर महिलाको मृत्यु भएपछि दुई जना पक्राउ, घटना शङ्कास्पद

काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलको कोठामा जलेर एक महिलाको मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीया महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो । यस घटनालाई शङ्कास्पद रूपमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महिलाको मृत्युबारे छानविन गर्न मङ्गलबार नै दुई जनालाई पक्राउ गरी…