‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

दशैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरूले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरुले सुझाउनुभएको छ । कान्तिपुर हेल्थले शुक्रबार चितवनमा आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तक्र्रिया कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गुरुशरण साहले…