राष्ट्रपतिसमक्ष चार राजदूतको शपथ

photo: rss राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो । शपथ लिने राजदूतहरुमा डा. नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) हुनुहुन्छ । सो समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खतिवडालगायत नेपाल सरकारका…