कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरूमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३…