नर्भिकमा ‘कोभिड-१९ का बिरामी भेटिएको’ भ्रम फैलाइएपछि…

शनिबार (८ चैत) विहानैदेखि फेसबुुकलगायतका विभिन्न सामाजिक सञ्जालमा ‘नर्भिकमा ८ जना कोभिड–१९ का बिरामी भेटिए’ भन्दै भ्रामक सन्देश फैलाइएको सन्दर्भप्रति नर्भिक इन्टरनेशनल हस्पिटलले दुःखदाश्चर्य प्रकट गरेको छ । यस्तो संवेदनशील विषयमा अकल्पनीय तवरले शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित तथा झुट्टा समाचार प्रकाशित भएको भन्दै अस्पतालले सोको खण्डन गरेको छ । नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले…