यातानापूर्वक पशुपक्षीको ओसारपसार नगर्न चौपाया तथा पक्षी व्यवसायीलाई विज्ञले आग्रह गरेका छन् । यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत हुने र यातनापूर्वक ओसारपसार गरिएका पशुपक्षीको मासु स्वस्थ्यका लागि अस्वस्थकर हुने भएकाले त्यसो नगर्न वरिष्ठ पशु विकास अधिकृत डा श्रीराम अधिकारीले आग्रह गर्नुभएको हो । पशुपक्षीको ढुवानी गर्दा नाकमा…