ट्यांकर चालक संघसँग सहमति : पेट्रोल पम्प खुल्ने

राजधानीमा बन्द भएका पेट्रोल पम्पहरू खुल्ने भएका छन् । ट्यांकर चालक संघसँग सहमति भएपछि उपत्यकामा बन्द भएका पम्पहरु खुल्ने भएका हुन् । संघले सातबुंदे माग राख्दै पेट्रोलियम पदार्थ नबोकेपछि आइतबारदेखि प्रायः पम्पहरु बन्द थिए । संघ र सरकारबीच तीनबुंदे सहमति भएको हो । चालकहरुले सोमबारदेखि नै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने जनाएका छन् ।