मारिओपोलमा हैजा प्रकोपको जोखिम

युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाको हमलामा ध्वस्तप्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ । राष्ट्रसंघका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ भने पानी ढलमा मिसिएको छ । हैजा सामान्यतया दूषित खानेकुरा वा पानी पिउनाले लाग्ने गर्छ । यो खराब सरसफाइसँग जोडिएको हुन्छ ।…