विक्रमासिङ्घे श्रीलंकाको नयाँ प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले त्यहाँका वरिष्ठ नेता रनिल विक्रमासिङ्घेलाई नयाँ प्रधानमन्त्रीका रूपमा बिहीबार सपथ ग्रहण गराएका छन् । श्रीलंकाका चार पटक प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २०१८ मा प्रधानमन्त्री पदबाट हटाएका थिए । तर, दुई महिनापछि नै सिरिसेनाले उनलाई पदमा पुनःबहाली गर्न बाध्य हुनु परेको थियो । श्रीलंकाको २२५ सदस्यीय संसद्मा रनिल…