अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको छ । स्टारलिंक निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो । स्पेसएक्सका अनुसार अमेरिकी राज्य फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट ‘फाल्कन–९’ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो । फाल्कन –९ स्पेसएक्सद्वारा डिजाइन र निर्माण गरिएको…