युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको छ । सेना खार्किभ छिरेपछि स्थानीयलाई घरभित्रै बस्न भनिएको छ । यसअघि रुसी सैन्यगाडी खार्किभको सडकमा गुडेका भिडियो सार्वजनिक भएका थिए । खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले रुसी सैन्य हतियारसहित छिरेको बताएका छन् । ‘आफ्नो बासस्थान नछोड्नुहोस्, युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दैछन्,’ उनले भनेका…