ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, सय जना हराए

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा १०० जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन्…