इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणलाई युगाण्डाका सेना र प्रहरी अधिकारीले एक दशकयताकै सबैभन्दा ठूलो आक्रमण गरी अधिकांश विद्यार्थीसहित ३७ जनाको हत्या गरेको शनिबार बताएका छन् । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार…